विश्वमा आजः अमेरिकामा ‘नसोध र नभन’ नीतिदेखि राईट दाजुभाईको उडानसम्म

विश्वमा आजः अमेरिकामा ‘नसोध र नभन’ नीतिदेखि राईट दाजुभाईको उडानसम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर २० । आज विश्व इतिहासमा बिभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिकी सेनामा ‘नसोध र नभन’ नीति अन्त्य

यो नीति सन् १९९४ मा तत्कालिन पूर्व राष्ट्रपति बिल क्लिन्टनको प्रशासनले ल्याएको थियो । जस अन्तर्गत समलिंगीलाई अमेरिकी सेनामा खुलमखुला भर्ना गरिदैनथ्यो । तर, आफ्नो समलिंगी पहिचान  नखुलाएमा उनीहरु सेनामा भर्ति हुन सक्थे । सन् २०११ को सेप्टेम्बरमा यो नीति समाप्त भएपछि समलिंगी पनि सार्वजनिक रुपमा सेनामा भर्ति हुन पाउने व्यवस्था कायम भएको थियो । 
 
आतंकवादविरुद्ध युद्ध घोषणा

अमेरिकाका पूर्व राष्टपति जर्ज डब्लु बुसले सन् २००१ को सेप्टेम्वरमा आतंकवादबिरुद्ध युद्ध घोषणा गरेका थिए । सेप्टेम्बर ११ हमलापछि बुसले सो घोषणा गरेका थिए ।

चर्चित खेल प्रतियोगिता 

सन् १९७३ मा अमेरिकाको हुस्टन र टेक्सासमा टेनिस खेलाडी बबी रिग्स र बिल्ली जिन किंगबीच टेनिस प्रतियोगिता सम्पन्न भएको थियो । ५५ वर्षीय रिग्सले पुरुष र महिलाबीच हुने खेलमा रूची देखाएपछि खेल आयोजना गरिएको थियो । प्रतियोगितमा किंगले  रिग्सलाई पराजित गरी १ लाख डलर पुरस्कार जितेका थिए । सो  प्रतियोगितालाइ नौ करोडले टेलिभिजनमा हेरेका थिए ।

विलबर राइटको पहिलो उडान

आफ्ना भाई ओरभिल राइटसँग मिलेर जहाज बनाएका विलबरले राईटले सन् १९०४ को सेप्टेम्वरमा राईट फ्लाएर द्दितीयलाई १ मिनेट १६ सेकेन्डसम्म आकाशमा उडाएका थिए ।

Logo