चीनसँग सीमा विवाद नभएको गृहमन्त्रीको दाबीदेखि कोरोनाका कारण २० लाखले ज्यान गुमाउन सक्ने डब्लुएचओको चेतावनीसम्म (भिडियोसहित)

चीनसँग सीमा विवाद नभएको गृहमन्त्रीको दाबीदेखि कोरोनाका कारण २० लाखले ज्यान गुमाउन सक्ने डब्लुएचओको चेतावनीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये गृहमन्त्री रामबहादुर थापाले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेका छन् । पछिल्लो पटक नेपाल–चीन बीचको सीमा विवाद सतहमा आइरहेका बेला गृहमन्त्री थापाले शनिबार त्यस्तो दाबी गरेका हुन् । उनले भनेका छन्–‘चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको छैन । विभिन्न सञ्चार माध्यममा आएका समाचार विवरणहरु जस्तो वास्तविकता होइन ।’

त्यस्तै लामो समयदेखि चीनको सीमानाकामा मालवस्तु रोकिँदा नेपाली व्यवसायी मारमा परेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि केरुङ लामो समयदेखि सीमानाका बन्द हुँदा नेपाली व्यवसायी मारमा परेका हुन् ।

कोरोना संक्रमणको दर न्यूून हुँदै गए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने तयारी गरेको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले पर्यटन क्षेत्रमा विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

त्यस्तैगरी चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको संक्रमण जारी रहेको भएपनि रेमिट्यान्स आप्रवाहमा कुनै असर नपरेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणअनुसार रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप आए पनि २० लाख मानिसले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । युरोपमा संक्रमणको नयाँ रेकर्ड देखिएको समयमा डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो । कोरोना भाइरस विरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभर कोभिड–१९ सँग सम्बन्धित कारणले ज्यान गुमाउने मानिसको संख्या २० लाख नाघ्न सक्ने डब्ल्यूएचओको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo