आज अक्टोबर २९। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः
स्यान्डी हुरीको विनाश
सन् २०१२ मा आएको स्यान्डी आँधीका कारण अमेरिकाको पूर्वी तटमा ठूलो जन धनको क्षति पुगेको थियो। आँधीबाट अमेरिकामा ५० अर्ब डलर क्षति पुगेको थियो।
दिल्लीमा शृंखलाबद्ध हमला
सन् २००५ मा भारतको राजधानी नयाँ दिल्लीका बिभिन्न सहरमा भएका विस्फोट भएका थिए। दिपावलीको पूर्वसन्ध्यामा भएका ती हमलामा ६० जनाको मृत्यु भएको थियो।
अन्तरिक्षमा उड्ने पहिलो बृद्ध
सन् १९९८ मा अमेरिकाका ७७ वर्षीय जोन ग्लेन डिस्कभरी सटलमार्फ अन्तरिक्षमा उडेका थिए। उनी अन्तरिक्षमा उड्ने पहिलो बृद्ध हुन्।
रेडक्रसको स्थापना
सन् १८६३ मा स्वीट्जरल्यान्डको जेनेभामा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को स्थापना भएको थियो। रेडक्रसले तीन पटकसम्म नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ।
डेल्टा एयर लाइन्सको मर्ज
सन् २००८ मा डेल्टा एयर लाइन्सलाई नर्थवेस्ट एयरलाइन्ससँग मर्ज गरिएको थियो।































प्रतिक्रिया