किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका हुन् ।
शुक्रबार सो विमान दुर्घटनमा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको जनाएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।
युक्रेनका स्थानीय पत्रिकाहरुले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो समाचार लेखेका छन् । रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ । विमान दुर्घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।–रासस/सिन्ह्वा





























प्रतिक्रिया