पढाइलाई जोक मान्ने एलन मस्कले प्राविधिक कलेज खोल्ने

पढाइलाई जोक मान्ने एलन मस्कले प्राविधिक कलेज खोल्ने


टेस्ला कम्पनीका मालिक तथा अर्बपति एलन मस्कले अमेरिकामा नयाँ विश्वविद्यालय खोल्ने बताएका छन्। उनले टेक्सामा एउटा प्राविधिक विश्वविद्यालय खोल्न लागेको बताएका हुन्।

उच्च शिक्षाविरुद्ध आफ्ना धारणा राख्दै आएका उनको पछिल्लो भनाइ आफैंमा बिरोधाभाषपूर्ण छ। 

कतिपयले यसलाई जोकको रुपमा पनि लिएका छन्। तर, केहीले उनको विश्वविद्यालय खोल्ने योजना वास्तविक भएको बताएका छन्। आफूले खोल्ने विश्वविद्यालय सम्मानित हुने उनले बताएका छन्। यसअघि मस्कले सन् २०१४ मा क्यालिफोर्नियाको स्पेस एक्स क्याम्पसमा एउटा विद्यालय खोलेका थिए। 

मस्कले औपचारिक अध्ययनलाई खासै महत्व दिँदैनन्। कलेजको पढाइलाई उनी ‘जोक’ मान्छन्।  ‘मलाई लाग्छ कलेज आधारभूतरूपमा रमाइलोका लागि हो।’ यसअघि मस्कले भनेका थिए। आफूलाई कहिल्यै कलेज आवश्यक नपरेको र आफूलाई जे मन पर्छ त्यही पढेको उनको भनाइ छ।एजेन्सी

Logo