इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो।
ज्वालामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो।
ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन्। घाइतेमध्ये केहीको शरीर जलेको छ। ज्वालामुखी बिस्फोटपछि घरमै फसेका १० जनाको उद्दार भइरहेको छ।
वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ। पीडितका परिवारमा रुवावासी चलेको छ। ’
इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ।एजेन्सी
प्रतिक्रिया