हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ।  

बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो। दुर्घटनामा मेजर जिशान जहानजेब र  इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको छ। 

दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ। हेलिकोप्टरलाई लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ।एजेन्सी 

Logo