इतिहासमा आजः युनिसेफको स्थापना, अमेरिकी युवतीसँग विवाह गर्न बेलायती राजाले राजगद्दी त्यागे

इतिहासमा आजः युनिसेफको स्थापना, अमेरिकी युवतीसँग विवाह गर्न बेलायती राजाले राजगद्दी त्यागे

केन्द्रबिन्दु
0
Shares

आज ११ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

युनिसेफको स्थापना
सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपतकालिन कोष युनिसेफको स्थापना भएको थियो। युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ।

जर्मनी र इटालीविरुद्ध अ‍ेमेरिकाद्वारा युद्ध घोषणा
सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो। अमेरिका औपचारिक रुपमा युद्धमा प्रवेश गरेसँगै पहिलो विश्वयुद्धले भयानक मोड लिएको थियाे। 

बेलायती राजाद्वारा राजगद्दी परित्याग
सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौँ बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए। अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न उनले राजगद्दी नै त्यागेका थिए। 

जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर

सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो। विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए। अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन्।एजेन्सी

Logo