विश्वमा सात हजार भाषा: अध्ययन भन्छ- हरेक महिना एउटा भाषा लोपाेन्मुख अवस्थामा

विश्वमा सात हजार भाषा: अध्ययन भन्छ- हरेक महिना एउटा भाषा लोपाेन्मुख अवस्थामा

केन्द्रबिन्दु
0
Shares

हामीले बोल्ने भाषा शब्द र आवाजहरुको एउटा संग्रह मात्र होइन्, भाषाले संसारलाई नै आफ्नै ढंगले अद्वितीय संसार र संस्कृतिको प्रतिनिधित्व गर्छ। शब्द र आवाज शताब्दीऔं देखिको मानिसको अनुभव, चिन्तन, भावना हो। तसर्थ, भाषा हराएमा मानवताको ढोका पनि बन्द हुन्छ। 

नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययन अनुसार यसै शताब्दीको अन्त्यसम्ममा १५० भन्दा बढी भाषाको लोप हुनेछ। विभिन्न तत्वहरुले भाषालाई लोपाेन्मुख अवस्थामा पुर्याएको अध्ययनमा दर्शाइएको छ। 

अहिले विश्वभर ६ हजार पाँच सयदेखि सात हजार भाषा बोलिन्छ। अस्ट्रेलियाको नेसनल युनिभर्सिटी (एएनआइ) ले गरेका सो अध्ययनमा विश्वका आधा भन्दा बढी भाषा ठूलो जोखिममा छन्। 

अध्ययनका सहलेखक फेलिसिटी मिकिन्सका अनुसार आगामी ४० वर्षमा विश्वमा भाषाको संख्या तीन गुणाले लोप हुनेछ। यसको अर्थ हरेक महिना एउटा भाषा लोप हुनेछ। अध्ययनअनुसार समुदायिक तहको अभिलेख र द्विभाषी शिक्षामा तत्काल लगानी गर्न आवश्यक छ। 

आप्रवासी, वित्तिय समस्या, राजनीतिलगायतका विषयले भाषामाथि अतिक्रमण गरेका छन्। औपनिवेशिक मानसिकताका कारण अस्ट्रेलियाको आदिवासीको भाषा लोपन्मुख अवस्थामा पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन्।

आफ्नो मातृभाषा प्रयोग गरेका कारण आदिवासीलाई विभिन्न सजाय दिइएको उनीहरुको भनाइ छ। यस्तो अवस्थामा बालबालिकाले मातृभाषा विर्सन थालेको अनुसन्धानकर्ताहरु बताउँछन्।एजेन्सी

Logo