पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ। समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो।

सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन्। मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन्।

यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना-इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर ( ६० माईल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो ।
नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा "प्राविधिक समस्या" भएको देखाएको छ।

Skip This
Skip This
Logo