चीनको उत्तर-पश्चिमी क्षेत्रमा ६.९ म्याग्च्यिुटको शक्तिशाली भूकम्प

चीनको उत्तर-पश्चिमी क्षेत्रमा ६.९ म्याग्च्यिुटको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

चीनको छिङ्घाई प्रान्तमा शुक्रबार मध्यराति शक्तिशाली भूकम्प गएको छ। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार मेन्युआन काउन्टीमा ६.९ म्याग्च्यिुटको शक्तिशाली भूकम्प गएको हो।

यो भूकम्पको केन्द्र जमिनभन्दा १० किलोमिटर मुनि रहेको चाइना अर्थक्वेक नेटवर्कस् सेन्टर (सीईएनसी)ले बताएको छ। भूकम्पपछि अहिलेसम्म तीन वटा पराकम्प पनि महसुस गरिएको समाचारमा उल्लेख छ। भूकम्पपछि ४.१, ३.० र ५.१ म्याग्निच्युडका तीन पराकम्प महसुस गरिएको हो।

भूकम्पको धक्का छिमेकी प्रान्तहरु कान्सु, शाङसी र निङ्सिया हुई स्वायत्त प्रान्तमा पनि महसुस गरिएको ग्लोबल टाइम्सले बताएको छ। अहिलेसम्म क्षतिको विवरण भने आइसकेको छैन।एजेन्सी

Skip This
Skip This
Logo