भारतमा एकैदिन एक लाख ९४ हजार ७२० जना कोरोना सङ्क्रमित थपिए

भारतमा एकैदिन एक लाख ९४ हजार ७२० जना कोरोना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा काेराेना सङक्रमण पुष्टि भएको छ। सोमबार एक लाख ६८ हजार सङ्क्रमित भएका थिए। 

सोमबारको तुलनामा यहाँ मंगलबार झण्डै १६ प्रतिशत बढी संख्यामा सङ्क्रमित थपिएका हुन्। यस्तै पछिल्लाे २४ घण्टामा भारतमा काेराेनाका कारण ४ सय ४२ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिले सक्रिय सङक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ। दैनिक सङ्क्रमणदर ११ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पनि फैलँदै गएको छ। 

संक्रमितमध्ये ४ हजार ८६८ जनामा ओमिक्राेनकाे संक्रमण देखिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

Skip This
Skip This
Logo