उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ। उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो। दक्षिण कोरियाको भनाइ पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ।
‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ। उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाईल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन्।
उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार वटा आणविक हतियार परीक्षण गरेको छ। शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाइल प्रहार गरेको थियो । त्यस्तै उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो।एजेन्सी





























प्रतिक्रिया