इतिहासमा आज : जापानद्वारा पहिलो लुनार परीक्षण, मंगलग्रहमा रोवर अवतरण

इतिहासमा आज : जापानद्वारा पहिलो लुनार परीक्षण, मंगलग्रहमा रोवर अवतरण

केन्द्रबिन्दु
0
Shares

आज २४ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

जापानद्वारा पहिलो लुनार परीक्षण
सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो। सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान हो।

राष्ट्रसंघको महासभाको पहिलो संकल्प प्रस्ताव
सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो ।

विन्सटन चर्चिलको जन्मदिन
आजकै दिन बेलायतका पूर्वप्रधानमन्त्री विन्सटन चर्चिलको मृत्यु भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु १९६५ को २४ जनवरीमा भएको थियो।

मंगलग्रहमा रोवर अवतरण
सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोवर मंगलग्रहमा उत्रिएको थियो । रोवरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो।एजेन्सी

Logo