भारतमा घट्दै कोराेना संक्रमित, अघिल्लो दिनको तुलनामा ३३ हजार संक्रमित घटे

भारतमा घट्दै कोराेना संक्रमित, अघिल्लो दिनको तुलनामा ३३ हजार संक्रमित घटे

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ। पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमी हो। 

अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ। संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ। 

संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ। अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन्।एजेन्सी

Skip This
Skip This
Logo