हाइटीमा शक्तिशाली भूकम्पः २ सय घर ध्वस्त, ​दुई जनाको मृत्यु

हाइटीमा शक्तिशाली भूकम्पः २ सय घर ध्वस्त, ​दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण पश्चिम हाइटीमा भूकम्प जाँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ। ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाइते भएका छन्। भूकम्पपछि परकम्पहरु आइरहेका छन्।

राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिटर पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ। 

भूकम्पको केन्द्रबिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन् भने ६०० घर तथा टहरमा क्षति पुगेको छ। भूकम्पमा घाइते ५० जनाको उद्दार गरिएको छ।

अगस्टमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए। त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दा बढीको मृत्यु भएको थियो। एजेन्सी

Skip This
Skip This
Logo