आज सन् २०२२ को ३० जनवरी। सदाको दिन झैं इतिहासमा आज पनि विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। अहिंसावादी नेता महात्मा गान्धीको हत्यादेखि कुख्यात तानाशाह एडोल्फ हिटलर आजै जर्मनीको चान्सलर बनेका थिए। प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही घटनाः
पहिलो कम्प्युटर भाइरस
सन् १९८२ मा पहिलो कम्प्युटर भाइरस सार्वजनिक भएको थियो, जसलाई एल्क क्लोनर नाम दिइएको थियो। १५ वर्षीय रिचार्ड स्क्रेन्टाले एउटा व्यवहारिक जोकका रुपमा एल्क क्लोनर बनाएका थिए।
ब्लडी सन्डे
बोगसाइड नरसंहारसमेत भनिने उत्तरी आयरल्यान्डको बोगसाइड क्षेत्रमा सन् १९७२ को ३० जनवरीमा सेनाको गोली लागेर १३ निशस्त्र नागरिकहरुको ज्यान गएको थियो। आइतबार रक्तपात भएको सो दिनलाई ब्लडी सन्डे भनिन्छ।
इतिहासमै डरलाग्दो समुद्री दुर्घटना
सन् १९४५ मा इतिहासमै डरलाग्दो समुद्री दुर्घटना भएको थियो। दोस्रो विश्वयुद्धको समयमा सोभियत पनडुब्बीले जर्मनीको सेनाको समुद्री जहाज विलहेम गस्टटोल्फलाई डुबाइदिएको थियो। ३० जनवरीमा बाल्टिक सागरमा सोभियत पनडुब्बी एस १३ ले जर्मनी सेनाको विलहेम गस्टलोफलाई डुबाइदिएको थियो। दुर्घटनामा ९ हजार ४०० जनाको मृत्यु भएको थियो।
महात्मा गान्धीको हत्या
आजकै दिन भारतका राष्ट्रपिता तथा अहिंसाका प्रतिक महात्मा गान्धीको हत्या भएको थियो। सन् १९४८ को ३० जनवरीमा नाथुराम गोड्सेले गान्धीको हत्या गरेका थिए। भारतीय स्वतन्त्रता आन्दोलनका मुख्य अगुवा तथा आध्यात्मिक नेता गान्धी विश्वका महापुरूषहरु मध्ये एक हुन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रिकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धीको ठूलो योगदान थियो थियो। गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई राष्ट्रसंघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।
एडोल्फ हिट्लर जर्मनीका चान्सलर
सन् १९३३ को ३० जनवरीमा एडोल्फ हिट्लर जर्मनीका चान्सलर बनेका थिए।एजेन्सी































प्रतिक्रिया