इतिहासमा आजः अमेरिकामा दासप्रथा अन्त्य, इयुबाट बेलायत औपचारिकरुपमा अलग

इतिहासमा आजः अमेरिकामा दासप्रथा अन्त्य, इयुबाट बेलायत औपचारिकरुपमा अलग

केन्द्रबिन्दु
0
Shares

आज ३१ जनवरी २०२२। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही घटनाः

श्रीलंकामा शक्तिशाली विस्फोट

सन् १९९६ मा श्रीलंकामा शक्तिशाली बम बिस्फोट हुँदा ९१ जनाको मृत्यु भएको थियो। राजधानी कोलम्बोस्थित केन्द्रीय बैंक अगाडि बिखन्डनकारी तमिल विद्रोहीले विस्फोटक पदार्थले भरिएको एउटा ट्रकलाई बिस्फोट गराएको थियो। 

अमेरिकामा दासप्रथा अन्त्य
सन् १८६५ मा अमेरिकी संविधानमा १३ औं संशोधन पारित भएको थियो। सो संशोधनले अमेरिकाले औपचारिकरुपमा नै दासप्रथा अन्त्य गरेको थियो। 

बेलायत औपचारिकरुपमा इयुबाट अलग
आजकै दिन बेलायत औपचारिकरुपमा युरोपेली युनियनबाट अलग भएको थियो। ब्रेक्जिटका पक्षमा मतदान गरेको तीन वर्षभन्दा बढी समयपछि विभिन्न चरणमा भएका वार्तापछि ३१ जनवरी २०२० मा बेलायत युरोपेली युनियनबाट अलग भएको थियो ।

म्यानमार प्रजातन्त्रतर्फ उन्मुख
सन् २०११ मा म्यानमारको पहिलो निर्वाचित संसद् वैठक बसेको थियो। सो घटनाले म्यानमारलाई प्रजातान्त्रतर्फ उन्मुख बनाएको थियो।  

अलास्का एयरलाइन्सनको विमान दुर्घटना
सन् २००० मा अलास्का एयरलाइन्सको उडान नम्बर २६१ को विमान प्रशान्त महासागरमा खस्दा विमानमा सवार सबै ८८ जनाको मृत्यु भएको थियो।एजेन्सी

Skip This
Skip This
Logo