भारतमा एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

भारतमा एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन्। एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो। त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ। कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रिय संक्रमित छन्  भने कोभिडबाट निको हुने दर ९६ दशमलव १९ प्रतिशत छ। त्यस्तै, कोभिड संक्रमण दर ७ दशमलव २५ छ। 

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार स्पुतनिक लाइट खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको थियो। योसँगै भारतले कोभिडविरुद्ध ९ वटा खोपलाई मान्यता दिएको छ।एजेन्सी

Skip This
Skip This
Logo