भारतद्वारा आफ्ना नागरिकलाई तत्काल किभ छोड्न अनुरोध

भारतद्वारा आफ्ना नागरिकलाई तत्काल किभ छोड्न अनुरोध

केन्द्रबिन्दु
0
Shares

भारतले आफ्ना नागरिकहरुलाई आजै ( मंगलबार) राजधानी किभ छोड्न अनुरोध गरेको छ। 

रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल राजधानी किभ छोड्न अनुरोध गरेको हो।  

‘रेल वा अन्य उपलब्ध अन्य माध्यममाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ। ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ। विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत।’  युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ। 

Skip This
Skip This
Logo