नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट

नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले नेटोकाे आलोचना गरेका छन् । यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगर्ने बताएका थिए ।

नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनले बताएका थिए । यसैबीच, रुसी हमलाका कारण १२ लाख मानिस युक्रेन छोडेको राष्ट्रसंघको  शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ । युक्रेनमाथि रुसी हमलाको १० अ‌ाै‌ दिन आज पनि विभिन्न सहरमा हमला भइरहेका छन् ।

Logo