भारतका पाँच राज्यमा विधानसभा निर्वाचनः तीन वटामा भाजपा र पन्जाबमा आम आदमीकाे अग्रता

भारतका पाँच राज्यमा विधानसभा निर्वाचनः तीन वटामा भाजपा र पन्जाबमा आम आदमीकाे अग्रता

केन्द्रबिन्दु
0
Shares

भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजामा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ। पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीकाे विजय निश्चित देखिन्छ भने तीन राज्यहरु–उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ।

त्यस्तै, गोवामा पनि भाजपाको अग्रता छ। यी प्रदेशमा आफ्नो विजय निश्चित देखिएको भन्दै पन्जावमा आम आदमी र अन्य प्रदेशहरुमा भाजपाले विजयोत्सव मनाउन थालेका छन्।

सहज अन्तरले अगाडि रहेको उत्तर प्रदेशको नतिजाले भने सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा भाजपाका लागि धेरै अर्थ राख्ने जनाइएको छ। 

सार्वजनिक भइरहेका नतिजाले देशकै पुरानो पार्टीले पाँचै राज्यमा लज्जास्पद पराजय चाख्ने देखिएको छ। भाजपाका तर्फबाट नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि कंग्रेसले निरन्तर पराजय चाखेको विश्लेषकहरुको टिप्पणी छ। 

कठिन प्रतिष्प्रर्धा गरेको कंग्रेसले गोवामा प्रष्ट बहुमत नल्याउने प्रारम्भिक परिणामले देखाएको छ। ४० सीट रहेको गोवाआमा पछिल्लो परिणाममा भाजपा १८ र कंग्रेसको ११ सिटमा अग्रता छ। त्यस्तै क्षत्रीय पार्टी त्रिणमूल कंग्रेस ४ र आम आदमी पार्टी ३ सिटमा अगाडि देखिएका छन्। 

मतगणना जारी भइरहँदा ४०३ सिट रहेको उत्तर प्रदेशमा २६७ सिटसहित भाजपा अगाडि छ भने समाजवादी पार्टीले  १२४ सिटमा अग्रता कायम गरेको छ। त्यस्तै, कंग्रेस ४ सिटमा अगाडि छ। त्यसैगरी ११७ सीट रहेको पन्जाबमा आम आदमी ९० सिट र कंग्रेस १८ सिटमा अग्रता कायम गरेको छ। त्यस्तै पुरानो पार्टी अकलीले ६ सिटमा अग्रता कायम गरेको छ। पन्जाबमा भाजपाको भने २ सिटमा मात्र अग्रता देखिन्छ।

कुल ७० सिट रहेको उत्तराखन्डमा मतगणनाको पछिल्लो परिणाममा भाजपा ४४ र कंग्रेस २२ स्थानमा अगाडि देखिएको छ। एजेन्सी

Skip This
Skip This
Logo