किभका आवासीय भवनलाई निशाना बनाउँदै रुसी सेना

किभका आवासीय भवनलाई निशाना बनाउँदै रुसी सेना

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न सहरमा हमला तीव्र पारेको छ। रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ। राजधानी किभका आवासीय भवनहरुमा बिस्फोट र मिसाइल प्रहार भएका छन्। 

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल प्रहारमा दुई जनाको मृत्यु भएको छ। त्यस्तै ३५ जनाको उद्धार भएको छ। विस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेसनको अग्रभाग र कार्यालयहरूमा क्षति भएको किभको मेट्रो सञ्जालले जनाएको छ।

किभबाट पश्चिमी क्षेत्रमा रहेको बोर्सचागोभका जिल्लामा कम्तिमा दुई वटा शक्तिशाली बिस्फोट भएका छन्। रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ। रुसी हमलामा सयौं मानिस मारिएका छन्। रुसी हमलाका कारण झन्डै २५ लाख मानिस युक्रेन छोडेर छिमेकी मुलुकहरुमा शरण लिएका छन्।एजेन्सी

Skip This
Skip This
Logo