जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ। भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन्। पूर्वी जापानमा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पले पुर्याएको जनधनको क्षतिको पूर्णविवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् ।
भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ। भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ। एजेन्सी
प्रतिक्रिया