४०० जना आश्रय लिएको विद्यालयमा रुसी सेनाद्वारा बमबारी

४०० जना आश्रय लिएको विद्यालयमा रुसी सेनाद्वारा बमबारी

केन्द्रबिन्दु
0
Shares

रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ। विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए। 

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ। 

यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो। सो क्षेत्रमा उद्दार कार्य जारी छ। 

युक्रेन युद्धले उर्जा, खाद्यान्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने  युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ।एजेन्सी

Skip This
Skip This
Logo