श्रीलङ्कामा ऊर्जा संकट: दैनिक १० घण्टा विद्युत कटौती

श्रीलङ्कामा ऊर्जा संकट: दैनिक १० घण्टा विद्युत कटौती

केन्द्रबिन्दु
0
Shares

श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ। देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले दैनिक रुपमा देशव्यापी विद्युत कटौती गर्नु परेको अधिकारीहरूले जनाएका छन्।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ।

श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ। जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन्। 

पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले विजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ।  

बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ। ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाइ छ।

Logo