जापानमा आँधी प्रभावित क्षेत्रका ११ लाख व्यक्तिलाई स्थानान्तरणका लागि निर्देशन

जापानमा आँधी प्रभावित क्षेत्रका ११ लाख व्यक्तिलाई स्थानान्तरणका लागि निर्देशन


जापान ।

जापानमा आँधी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अन्यत्र सार्न निर्देशन दिइएको छ । देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न निर्देशन दिइएको हो ।

उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सिफारिस गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा गत आइतबार राति आएको हाइशेन नामक विशाल आँधीले जापानको दक्षिणपश्चिमी क्षेत्रका क्युशु लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ ।

आँधीका कारण अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको र पाँच लाख घरपरिवार प्रभावित भएका छन् । उनीहरुको घरमा अहिले विद्यूत, सञ्चार लगायतका सेवामा समस्या उत्पन्न भएको जनाइएको छ ।रासस

Logo