काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोेना भाइरसबाट हालसम्म विश्वमा २ करोड ७० लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । जसमध्ये १ करोड ९१ लाख भन्दा धेरैले भाइरसलाई जितेका छन् भने ८ लाख ८३ हजार भन्दा बढीले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ । त्यस्तै डब्लूएचओले २०२१ को मध्यसम्ममा पनि कोरोना बिरुद्धको ठूलो भ्याक्सिन लगाउने कुनै आशा नभएको बताएको छ ।
भ्याक्सिनको क्लिनिकल परीक्षणमा डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले शुक्रबार जेनेभामा एउटा ब्रिफिङमा भनेका छन् –‘खोप वास्तवमै कत्तिको सुरक्षित छ भनेर हामीले तेस्रो चरणको परीक्षणमा लामो समय लिनुपर्दछ ।’
डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क अनुसार, विश्वमा १ प्रतिशत बिरामीहरु गम्भिर अवस्थामा छन्, भने ९९ प्रतिशत हल्का लक्षणका बिरामीहरु रहेका छन् । हाल विश्वभर ७९ लाख बढी बिरामीहरु उपचाररत छन् । ती मध्ये १ प्रतिशत अर्थात् ७९ हजार जना भन्दा बढी बिरामीहरुको अवस्था गम्भीर रहेको जनाएको छ । बाँकी ९९ प्रतिशत बिरामीहरुमा संक्रमणको हल्का लक्षण मात्र देखिएको छ । ती बिरामीको संख्या ७९ लाख भन्दा बढी रहेको छ । अमेरिकामा सबैभन्दा बढी १६ हजार बढी बिरामीहरु जो भेन्टिलेटरको सहायतामा छन् ।
भिडियो
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश वटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यस्तो रहेको छ
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा हालसम्म ६४ लाख ३१ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भइसकेका छन् भने, यस प्रकोपका कारण अमेरिकामा १ लाख ९२ हजार धेरै व्यक्तिको मृत्यु भइसकेको छ । अमेरिकाको प्रमुख शहरहरु अति प्रभावित भएका छन् ।
दोस्रो स्थानमा ब्राजिल बढी प्रभावित भएको छ । ब्राजिलमा ४१ लाख २३ हजार जना बढी भाइरसबाट संक्रमति भएका छन् भने यहाँ १ लाख २६ हजार २३० जनाको मृत्यु भएको छ । ब्राजिलको प्रमुख साउ पाउलोमा मात्र २५ हजार ज्यादाको मृत्यु भइसकेको छ ।
यस्तै एशियन राष्ट्रहरुमा भारत बढी प्रभावित भएको छ । भारतमा ४१ लाख १४ हजार जना भन्दा बढी कोरोना भाइरसबाट संक्रमति भएका छन् । यहाँ ७० हजार बढीको मृत्यु भएको छ ।
रुसमा १० लाख २० हजार जना भन्दा धेरै संक्रमित रहेका छन् भने १७ हजार बढीको मृत्यु भएको छ । पेरुमा ६ लाख ८३ हजार जना बढी भाइरसबाट संक्रमित भएका छन् भने २९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै कोलम्बियामा ६ लाख ५८ हजार भन्दा बढी भाइरसबाट संक्रमित भइका छन् भने २१ हजार बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३६ हजार ८८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ७७९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख २९ हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६७ हजार ३२६ जनाको मृत्यु भएको छ । स्पेनमा ५ लाख १७ हजार १३३ जनामा भाइरस संक्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ४ लाख ७१ हजार बढीमा भाइरस संक्रमण पुष्टि भएको छ भने ९ हजार ७३९ जनाको मृत्यु भएको छ ।
अमेरिकी विज्ञहरुका अनुसार, एक कोरोना भ्याक्सिन बनाइए पनि बिरामीलाई एक डोजले काम नगर्ने बताएका छन् । बिरामीलाई दुई डोजको आवश्यकता पर्नेछ र यो सबैभन्दा ठूलो समस्या भएको उल्लेख गरेका छन् । वर्तमान समयमा परीक्षण किट्स, पीपीई किट्स र अन्य आवश्यक चीजहरुको अभाव भएको बेलामा दुई पटक भ्याक्सिन चलाउनु निकै ठुलो चुनौती हो । टेनेसीको भान्डबिल्र्ट विश्वविद्यालयका स्वास्थ्य नीति प्रोफेसर डा. केली मुरेले यो मानव इतिहासको सबैभन्दा गम्भिर भ्याक्सिन कार्यक्रम हुने बताएको छ ।































प्रतिक्रिया