ब्राजिल । ब्राजिलमा कोभिड–१९ सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८ सय १ जनामा संक्रण पुष्टि भएको हो । गएको २४ घण्टाभित्र ५० हजार १ सय ६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ । शुक्रबार मात्र यहाँ ८ सय ८८ जनाको ज्यान गएको थियो । कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो । अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ६७ लाख मानिस संक्रमित भएका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ ।–रासस/एएनआई





























प्रतिक्रिया