श्रीलंकामा राष्ट्रपतिका भाइ बसिल राजपाक्षेले दिए संसद् सदस्यबाट राजीनामा

श्रीलंकामा राष्ट्रपतिका भाइ बसिल राजपाक्षेले दिए संसद् सदस्यबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजपाक्षेले संसद् सदस्यबाट राजीनामा दिएका छन् । देशमा आर्थिक संकटबीच उनले पदबाट राजीनामा दिएका हुन् ।‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजपाक्षेले पत्रकारहरूलाई भने । 

आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपति गोटाबाया राजपाक्षेका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 
 

Logo