काठमाडौं ।
भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो ।
उनको ८४ वर्षको उमेरमा निधन भएको हो । आज साँझ पौने ६ बजेतिर पूर्वराष्ट्रपति प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले ट्वीट गर्दै उनको निधनको पुष्टि गरेका हुन् ।
उनले ट्वीटमा भनेका छन् , ‘आरआर अस्पतालको पूरा कोसिस, भारतीय नागरिकको प्रार्थनाको बाबजुद मेरा पिता श्री प्रणब मुखर्जी हामी माझ रहनु भएन । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

उनले भारतको अर्थ, रक्षा तथा विदेश मन्त्री जस्तो पदमा रहेर पनि आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । उनको मस्तिष्कको शल्यक्रिया गर्नु अघि गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए । उनको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको जनाइएको थियो । त्यसपछि भने उनलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको थियो ।































प्रतिक्रिया