रुसद्वारा युक्रेनको अनाज ढुवानी बन्दरगाहमा विस्फोट, राष्ट्रसंघद्वारा निन्दा

रुसद्वारा युक्रेनको अनाज ढुवानी बन्दरगाहमा विस्फोट, राष्ट्रसंघद्वारा निन्दा

केन्द्रबिन्दु
0
Shares

रुसले युक्रेनको अनाज ढुवानी बन्दरगाहमा २ वटा मिसाइल प्रहार गरेको छ । रुस, युक्रेन र टर्कीले अनाजको निर्यात पुनः सुरु गर्नका लागि ऐतिहासिक सम्झौता गरेको एक दिनपछि  युक्रेनको प्रमुख बन्दरगाहमा विस्फोट भएको हो ।

शुक्रबारको सम्झौताका सर्तहरू अन्तर्गत, रसियाले अनाज ढुवानी ट्रान्जिटमा हुँदा बन्दरगाहहरूलाई लक्षित नगर्न सहमत भएको थियो ।
युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलका अनुसार रुसले आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुनको पूर्ण अवहेलना गरेको बताए ।
‘इस्तानबुल सम्झौतामा हस्ताक्षर भएको एक दिन पछि अनाज निर्यातको लागि महत्त्वपूर्ण लक्ष्यमा प्रहार गर्नु विशेष गरी निन्दनीय छ, उनले ट्वीट गर्दै भने, आक्रमणको कडा निन्दा गर्दछु।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रुस, युक्रेन र टर्कीबीच भएको खाद्यान्न सम्झौताको पूर्ण कार्यान्वयन अत्यावश्यक रहेको भन्दै आक्रमणको निन्दा गरेका छन् ।
यी उत्पादनहरू विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न र विश्वभरि खाँचोमा परेका लाखौं मानिसहरूको पीडा कम गर्नको लागि अत्यन्तै आवश्यक छ, संयुक्त राष्ट्र संघका प्रवक्ताले भने। युक्रेनका वायुसेना प्रमुखले बन्दरगाहमा रहेको अन्न पसललाई जानाजानी निशाना बनाइएको बताए ।
 

Logo