टोकियो ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन् । जापानी सञ्चार माध्यम एनएचकेले जनाए अनुसार आबेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिने भएका हुन् ।
आबेले यही हप्ता मात्र दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित छन् । उनको स्वास्थ्य अवस्था पछिल्लो समय केहि बिग्रिएको बताइएको छ ।
आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने जनाइएको छ । आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ ।





























प्रतिक्रिया