सामाजिक सञ्जालमा हाल एउटा चिठी निकै भाइरल भईरहेको छ ।
रिपोर्टका अनुसार त्यो चिठी एक कक्षामा अध्ययनरत नाबालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेकी हुन् । चिठीमा नाबालिकाले बढ्दो महंगाईका कारण आफु समस्यामा परेको लेखेकी छन् । रिपोर्ट अनुसार उत्तर प्रदेशको कन्नौज जिल्ला स्थित छिबरामउमा बस्ने ६ वर्षकी नाबालिका हाल कक्षा एकमा अध्ययनरत छिन् ।
नाबालिकाले लेखेको पत्रमा हालै भारतीय सरकारले पेन्सिल, कपि र इरेजरमा टयाक्स बढाएका कारण आफु समस्यामा परेर उल्लेख गरिएको छ । हाल यो चिठी सामाजिक सञ्जालमा भाईरल भएपछि नाबालिकाको आमा बुवाले आफ्नो छोरीले नै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेको दाबी गरेका छन् । अभिभावकले छोरीले आफ्नो मनको कुरा गरेको र छोरीको कुरामा आफुहरु पनि सहमत भएको बताएका छन् ।































प्रतिक्रिया