अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा गर्मीको लहर जारी छ । यसले पोर्टल्यान्डको ओरेगन शहरका धेरै क्षेत्रहरूलाई असर गरेको छ। क्लाकमास काउन्टीका अधिकारीहरूले यस हप्ता सात जनाको मृत्यु भएको बताए। सबैको मृत्यु बढ्दो गर्मीका कारण भएको अनुमान गरिएको छ ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मौसम विभागले पोर्टल्याण्ड र सिएटल, वाशिंगटन दुबैका लागि आगामी केही दिनको लागि अत्यधिक गर्मीको चेतावनी जारी गरेको छ। विभागका अनुसार रातिको तापक्रम २१ डिग्री सेल्सियससम्म घटेको छ । यो साताको अन्त्यसम्म गर्मीबाट केही राहत हुने अपेक्षा गरिएको छ ।
ओरेगन, वाशिंगटन र ब्रिटिश कोलम्बियामा जुनको अन्त्य र जुलाईको सुरुमा लगभग ८०० जनाको मृत्यु भएको थियो। त्यतिबेला पोर्टल्याण्डको तापक्रम ४६.७ डिग्री सेल्सियसको उच्च रेकर्ड पुगेको थियो। मुल्नोमाह काउन्टीकी प्रवक्ता जेसिका मोकर्ट शिबलले शुक्रबार रातिसम्म करिब २५० जनाले पोर्टल्याण्ड सहरहरूमा स्थापित चिसो शिविरमा शरण लिएको बताइन्। यो हप्ता पोर्टल्याण्डको तापक्रम ३८.९ डिग्री सेल्सियस पुगेको छ । अझै बढ्ने सम्भावना छ ।
चर्को गर्मीका कारण रोगहरु पनि बढ्न थालेको विभागले चेतावनी दिएको छ । मौसम परिवर्तनका कारण उत्तरपूर्वी क्षेत्रमा गर्मीको प्रकोप बढ्दै गएको विज्ञहरुले बताएका छन्।





























प्रतिक्रिया