बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काबुल ।

अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् ।

स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । टोलो न्युजले कतिपय ठाउँमा उद्धारकर्ताहरुले समेत प्रभावकारी काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको समाचार सम्प्रेषण गरेको छ ।

अर्को बढी प्रभावित देखिएको चरिकार क्षेत्रमा खटिएका एक उद्धारकर्ताले हराइ रहेकाहरुको शव भेट्टाउन सकिन्छ की भनेर अहिले पनि हामी आशा गरिरहेका छौँ, तर खोजी कार्य भने अहिले पनि गाह्रो भइरहेको बताए ।

अधिकारीहरुका अनुसार पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरुले स्थानीय समय अनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिर विनाशकारी बाढी आएको थियो ।

त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् ।त्यस बाहेक हेस ए अवाल ए कोहिस्तान, हेस ए डोवोम ए कोहिस्तान, निजार्ब जिल्ला लगायतका ठाउँ पनि बाढीबाट बढी प्रभावित भएका छन् ।रासस

Skip This
Skip This
Logo