ताइवानी संसदलाई पेलोसीको सम्बोधन- ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमा पर्छ

ताइवानी संसदलाई पेलोसीको सम्बोधन- ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमा पर्छ

केन्द्रबिन्दु
0
Shares

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् । 

पेलोसीले ताइवानको अगाडि भनिन्, ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौं ।’ 

अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानूनले ‘अमेरिका–ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने ’ उनले बताइन् । चीनको विदेश मन्त्रालयले पेलोसीको भ्रमणले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर हानी पुर्‍याएको जनाएको छ ।

Skip This
Skip This
Logo