महासागरहरु रहस्यले भरिएका छन् । आजको आधुनिक समयमा पनि हामी जम्मा महासागरको ५ प्रतिशत जति मात्र सानो भाग खोट्ल्न सफल भएका छौं ।
महासागमा हजारौं जीवहरूको खोजी भइरहेको छ । आजको दिनसम्म मानवले पहिले कहिल्यै नदेखेका नयाँ जीवहरू पनि महासागर र समुद्रमा पटक–पटक भेटिएको खबर आईरहन्छ । हालै वैज्ञानिकहरूले समुद्रको गहिराइमा एउटा नयाँ र अनौठो जीव फेला पारेका छन् । यो एक नयाँ प्रजाति हाम्रो बगैंचामा पाइने सा-साना कीराहरू जस्तो देखिन्छ ।
तर यो प्राणीको आकार ती साना किराभन्दा धेरै ठूलो छ । वैज्ञानिकहरूले यो प्राणीलार्ई डार्थ वाडर’ नाम दिएका छन् । यो नाम ‘स्टार वार्स’ नामक चलचित्रका खलनायकको हो । यो नाम खलनायकको हेलमेट र जीवको लगभग समान आकार र साइज देखिएका कारण दिइएको हो । गहिरो समुन्द्रमा पाइने भएकाले यी प्रजातिहरू यति ठूलो भएको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ ।
ती प्राणीहरू लगभग ३० सेन्टिमिटर भन्दा बढी हुन सक्छ । यी जीवहरू सबैभन्दा बढी ९५० देखि १२६० मिटर गहिराइमा पाइन्छ । यो जीव पहिलो पटक मेक्सिकोको खाडीमा फेला परेको थियो । यस जीवको छाला कडा र हल्का पहेंलो रंगको छ । हालसम्म यस जीवका करिब २० प्रजाति पत्ता लागेका छन् । यी जीवहरू झींगा, गंगटो प्रजातीको आफन्त हुन् । वैज्ञानिकहरूको समूहले यसलाई सन् १८७८ मा फेला पारेको थियो ।































प्रतिक्रिया