विश्वमा धेरैजसो झिङगे माछाहरू खैरो रंगका हुन्छन् । कुनै कुनै पहेंलो, सेतो लगायत अन्य रंगका पनि हुन्छन् । झिङगे माछामा एक निश्चित प्रकारको प्रोटिन अत्यधिक मात्रामा भयो भने तिनीहरूको रङ परिवर्तित हुन्छ ।
अमेरिकी राज्य मेनको दक्षिणी तटमा एक बावु र छोराले माछा मार्ने क्रममा एउटा यस्तै दुर्लभ र चम्किलो नीलो झिङगे माछा समातेका छन् । पोर्टल्यान्ड प्रेस हेराल्डसँग कुरा गर्दै छोरा ल्यूक ¥यान्डले भर्ने मैले यो रङको झिङगे माछा कहिल्यै देखेको छैन ।’
ल्यूक रान्ड विगत २० वर्षदेखि माछा मार्दै आएका छन् । उनी आफ्नो बुबालाई डुङ्गा चलाउन मद्दत गर्छन । उनका बुबा मार्क रान्ड ४० वर्षदेखि माछा मार्दै आएका छन् ।
युनिभर्सिटी अफ मेन लोबस्टर इन्स्टिच्युटका अनुसार निला झिङगे माछा समात्ने सम्भावना २ लाखमा १ हुन्छ । मार्क र ल्यूकले यस झिङगे माछाको नाम ‘लकी ब्लूई’ राखेका छन् ।





























प्रतिक्रिया