भारतमा आज बन्द र चक्काजाम

भारतमा आज बन्द र चक्काजाम


भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायात संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले आज भारत बन्द र चक्काजाम गरेका छन् ।

भारतका खुद्रा पसले अमेजनजस्तो रिटेल चेनको बढ्दो प्रभाव र कथित मनमानीबाट निकै उनीहरु रुष्ट छन् । यसबाहेक उनीहरु वस्तु एवं सेवा कर (जीएसटी) मा परिवर्तनको पनि माग गरिरहेका छन् । अर्कोतर्फ यातायात व्यवसायी पेट्रोल–डिजेलको बढ्दो मूल्य र ई–वे बिलमा आएको समस्याका कारण समस्यामा छन् ।

त्यसैले कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशन (एआईटीडब्ल्यूए) ले २६ फेब्रुअरी अर्थात आज बन्दको आह्वान गरेका हुन् । यसका साथै राज्यका थुप्रै व्यापारी संगठनले पनि उनीहरुको मागको समर्थन गरेका छन् ।

उनीहरुले आज बिहान ६ बजेदेखि ८ बजेसम्म चक्का जामको घोषणा गरेको हुन् । हड्तालको समर्थनमा २८ हजार मानिस सडकमा उत्रिएका छन् ।

Logo