आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

केन्द्रबिन्दु
56
Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ। बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए।

“हामीले अतिगरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेका छौँ”, उनले भने, “ती बाख्राबाट आय आर्जनमा सघाउ पुग्ने हाम्रो विश्वास छ।” हाललाई वडाभित्रका १० जना एकल महिलालाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको छ।

उपमहानगरपालिकाले प्रदान गरेका बाख्रा डोर्याउदै बुधनी चौधरीले भने, “यसले हामीलाई आम्दानीमा टेवा पुर्याउने छ।” एकल महिलाको आम्दानीको अन्य स्रोत नभएकाले प्राप्त सहयोगबाट आफ्नो जीवन यापनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको अर्की एकल महिला लक्ष्मी घर्तीले बताए। “हाम्रो आम्दानीको स्रोत केही छैन”, उनले भने, “वडाको सहयोगबाट हामी खुसी छौँ।”

वडाले लाभग्राही नियमित अनुगमन गर्ने अध्यक्ष चौधरीले बताए। आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले अहिले वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको अध्यक्ष चौधरीले बताए। आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

Logo