आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै

आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै छ। देशभरका कृषकको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ।

राष्ट्रिय कृषक महासंघ नेपालले ‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौं’ भन्ने नारासहित आइतबार दिवस मनाउँदै छ। विसं २०७० साल देखि प्रत्येक वर्ष महासंघअन्तर्गतको कृषक सेवा समितिले दिवस मनाउँदै आएको छ।

दिवसको अवसर पारेर देशभरका कृषि क्षेत्रमा लागेका उत्कृष्ट कृषकलाई सम्मान गर्ने गरिन्छ भने आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना दिने कार्यक्रमको आयोजना पनि गरिन्छ।

राष्ट्रिय कृषक महासङ्घ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले विशेषगरी खाद्यान्न उत्पादन गरी मानव लगायतका प्राणीको जीवन रक्षामा लागेका कृषि कर्मीलाई समय सापेक्ष कृषि प्रणालीको ज्ञान र सीप सिकाएर व्यवसायीक बनाउनुपर्नेमा जोड दिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हाल ५० दशमलब १ प्रतिशत जनसंख्या कृषिमा पेसामा आश्रित छन्।

Logo