खेतीको मुख्य याममा ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर चोरीले किसान चिन्तित

खेतीको मुख्य याममा ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर चोरीले किसान चिन्तित

केन्द्रबिन्दु
9
Shares

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् ।

खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ। किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताए। “ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल पम्प वा अन्य वैकल्पिक स्रोतको सहारा लिनुपरेको छ, यसबाट खेतीको लागत बढ्नेछ”, उनले भने।

किसान रामपृत यादवले खेती नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताए। उनले सिँचाइ अभावका कारण उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै तत्काल विद्युत् सेवा पुनःस्थापना गर्न माग गरे।

सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले ट्रान्सफर्मर चोरीका घटनाबारे जानकारी दिँदै भने, “हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएका छन्।

प्राप्त उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।” उनका अनुसार नवराजपुर र बरियारपट्टीलगायतका क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन्।

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न स् ‘सीमाबारे मौन किन रु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् ।

उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौंदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन ।’

उनका अनुसार भ्रमणअघि परराष्ट्रमन्त्रीले पत्रकारहरूसँग पछि बोल्ने बताएको भए पनि औपचारिक वार्तामा सीमा विवादबारे कुनै छलफल नभएको देखिएको छ । उनले नेपाली पक्षबाट जारी गरिएका प्रेस विज्ञप्तिमा समेत सीमा विवादसम्बन्धी विषय उल्लेख नभएको दाबी गरिन् ।

सांसद ओलीले दिल्ली भ्रमणपछि काठमाडौं फर्किएर जारी गरिएको प्रेस नोटमा पनि सीमा विवादबारे कुनै कुरा समावेश नभएको उल्लेख गरिन् । साथै, पत्रकारहरूले सोधपुछ गरेपछि मात्रै सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिन मन्त्री बाध्य भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘यतिसम्म कि नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो। काठमाडौं फर्किएपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन। पत्रकारले पछि सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनुभएन। खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगी पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनुभयो ।’

उनले संसदमा समेत परराष्ट्रमन्त्रीले सीमा विवादलाई प्राथमिकतामा नराखी केवल नियमित सीमा व्यवस्थापन, जस्तै जंगी पिल्लरको व्यवस्थापन र बैठकजस्ता विषय मात्र उठाएको टिप्पणी गरिन् ।

Logo