काठमाडौं । लोकप्रिय कम्पनि होन्डाले आफ्नो मोटरसाइकल साइन १२५ लाई अपडेट गरेको छ ।
साइनको २०२५ भर्सनमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी टाईप–सी चार्जिङ पोर्ट उपलब्ध गराइएको छ । नयाँ साइन १२५ को मूल्य ड्रम ब्रेक भेरिएन्टलाई ८४ हजार ४९३ र डिस्क भेरिएन्टको ८९ हजार २४५ भारु पर्ने जनाइएको छ ।
यस नयाँ भर्सनमा उपलब्ध डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलमार्फत रियल–टाइम माइलेज, डिस्टेन्स टु इम्प्टि, सर्भिस ड्यू इन्डिकेटर, गियर पोजिसन इन्डिकेटर र इको इन्डिकेटर जस्ता महत्त्वपूर्ण जानकारी प्राप्ट गर्न सकिन्छ ।
बाइकमा १२३।९४ सिसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले, १०।६ बिएचपी पावर तथा ११ एनएम टर्क जेनेरेट गर्दछ ।
बाइकको इन्जिन आइडलिङ स्टार्ट÷स्टप सिस्टमसंग जोडिएका कारण यसले इन्धन खपत कम गर्न सहयोग पुर्याउने दाबी गरिएको छ ।





























प्रतिक्रिया