तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न तौलिहवामा ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ ।

बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न तौलिहवाको बुद्ध पद्म मा.वि, खेल मैदानस्थित केदारनाथ अटोमोवाइल्सले सो कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकले लिएको छ ।

कार्यक्रममा जोकोही मोटरसाइकल चालकले सहभागीता जनाउन सक्नेछन् । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाज प्रेमीहरू बीचको एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी छ ।

बजाज मोटरसाइकलमा प्लाटिना अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियमपदार्थको मुल्य वृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय बनेको कम्पनी भनाई छ । यो मोटरसाइकलको विशेषत र माइलेजबारे जानकारी दिन यस माइलेज च्याम्पियनको आयोजना गरिएकोहो ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेण्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आमजनमानसमा जानकारी हुने कम्पनीको विश्वास रहेको छ ।

माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ ।

Logo