बजारमा टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्ता छन् विशेषता

बजारमा टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । मोटर साइकल विक्रेता कम्पनि टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई कम्पनीले गत वर्ष मोटोसोलमा प्रदर्शन गरेको थियो । नयाँ संस्करणको मूल्य १ लाख ३५ हजार भारु तोकिएको छ ।

रोनिनको २०२५ संस्करण ग्लेशियर सिल्भर र चारकोल एम्बरका दुई नयाँ शेडसहित तीनवटा कलर अप्नसमा आएको हो । यस बाइकको मिड भेरियन्टदेखि नै डुअल–च्यानल एबीएस राखिएको छ ।

गोलाकार एलईडी हेडल्याम्प र एकीकृत टी आकारको एलईडी डेटाइम रनिङ लाइट रहेको सो नियो–रेट्रो मोटरसाइकलमा टियरड्रप आकारको इन्धन ट्याङ्की, सिंगल–पीस सिट, डुअल टोन एलोय ह्वील, ब्ल्याक आउट इन्जिन तथा एक्जस्ट र डिजिटल मोनो–पड इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ ।

रोनिन २२५.९ सिसी, सिंगल सिलिन्डर इन्जिन जडित प्रिमियम मोटरसाइकल हो । यसले २० बिएचपी पावर र २० एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई स्लिपर र असिस्ट क्लच मार्फत ५–स्पीड गियरबक्समा जोडिएको छ ।

रोनिनमा अपसाइड–डाउन फ्रन्ट फोर्क र पछाडि मोनो–शक लगाइएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यस मोटरसाइकलको वेस भेरिएन्टमा भने सिंगल च्यानल एबीएस उपलब्ध छ ।

रोनिन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मोटरसाइकल हो । नेपाली बजारमा यसको मूल्य ४ लाख ६० हजार रुपैयाँ पर्छ ।

Logo