यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली हुने सम्भावना रहेको छ ।

यस्तै, राति पनि सबै प्रदेशमा मौसम सामान्यतया सफा नै रहने सम्भावना रहेको छ ।

Logo