देशको प्राकृतिक श्रोत आर्थिक विकासमा जोड्न सिँचाइमन्त्री बस्नेतको सुझाव

देशको प्राकृतिक श्रोत आर्थिक विकासमा जोड्न सिँचाइमन्त्री बस्नेतको सुझाव

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक रहेको बताएका छन्।

आज काठमाडौंमा आयोजित हरित हाइड्रोजन संवाद गो ग्रीन कार्यक्रममा उनले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न सकेमा आर्थिक विकास र समृद्धिको सपना हासिल गर्न सकिने बताए।

उनले भने,‘ हाम्रो देश जलश्रोतको धनी देश भनिरहेको छौं। हाम्रो प्राकृतिक श्रोतहरुको जुन उपलब्धता छ। यो उपलब्धताको दृष्टिबाट हेर्दा यी श्रोतहरुलाई हाम्रो आर्थिक विकासको यो अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गर्नका लागि र हाम्रो आर्थिक विकास र समृद्धिको सपना र आकांक्षालाई यथोचित ढङ्गले हासिल गरेर अगाडि बढ्न सकिन्छ।’

मन्त्री बस्नेतले आज पनि देशमा पेट्रोलियम पदार्थ आयात गर्ने र भएका प्राकृतिक श्रोतहरुको समेत उपयोग गर्न नसकिनु दुखद कुरा भएको गुनासो गरे। आफूसँग उपलब्ध भएको श्रोतहरुको सही ढङ्गले उपयोग गर्न नसक्ने देशमा समृद्धिको यात्रामा प्रभाव पर्ने उनको भनाई छ।

उनले भने, ‘आजको दिनमा पनि हामी पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं। हामीसँग भएका प्राकृतिक श्रोतहरु जे छन् त्यसको उपयोग गर्न सकिरहेको छैनौं। जुन देशले आफूसँग उपलब्ध भएको श्रोतहरुको सहि ढङ्गले उपयोग गर्न सक्दैन। त्यो देशमा समृद्धिको यात्रामा कहिँ न कहिँ प्रभाव र असर परिराखेकै हुन्छ।’

Logo