काठमाडौँ । गायक पुष्पन प्रधानको आवाज रहेको ‘छुट्टाइ दियौ’ गीत सार्वजनिक भएको छ । बुद्धि तामाङ र वेदना खेरेसुङ्गमा राईको अभिनय रहेको गीतमा रीमा श्रेष्ठको शब्द र गायक पुष्पन प्रधान स्वयंले संगीत गरेका छन् । गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टरिङ जोनी योञ्जन तामाङ्गले गरेका छन् ।
फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा आफूले माया गरेको मान्छेलाई समयमा उपचार गराउन नपाएर आफ्नो मान्छेलाई गुमाउँदाको पीडा देखाइएको छ ।
भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । त्यस्तै दिनेश पराजुलीको छायाँङ्कन रहेको उक्त गीतमा विकास दाहालको सम्पादन रहेको छ । आम दर्शक तथा स्रोताको चाहनाअनुरूपको गीत बनेकोले यो गीत मन पराउनेमा आफू आशावादी रहेको निर्माता कुशल गुरुङले बताए । हाल अमेरिकामा बसोबास गरिरहेका गुरुङले यसअघि पनि ‘अधुरो सपना’ ‘अधुरो सपना-२’ सार्वजनिक गरेका थिए ।





























प्रतिक्रिया