धन बस्नेतको गीति संग्रह “निश्वास” सार्वजनिक [भिडियोसहित]

धन बस्नेतको गीति संग्रह “निश्वास” सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । गीतकार धन बस्नेतको गीति संग्रह ‘निश्वास’ हालसालै सार्वजनिक भएको छ । तीन वटा गीतहरु समाबेश गरिएको उक्त गीति संग्रहमा हरि लम्सालको एकल संगीत रहेको छ ।

लोकप्रिय गायकहरु रामकृष्ण ढकाल, स्वरुपराज आचार्य र प्रमोद खरेलको स्वर रहेको उक्त एल्बमभित्र समाबेश दुईवटा गीतहरु ‘उन्दैछु म एउटा माला’ र ‘बोल्न मन लाग्छ तर’ को भिडियो पनि सार्वजनिक गरिएको छ।

गीतको भिडियोहरुलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । गायक स्वरुपराज आचार्यको ‘उन्दैछु म एउटा माला’ गीतमा गजललाई बाचन र गीतलाई गायनमा प्रस्तुत गर्दै एउटै गीतमा समेटिएको छ। जुन एउटा नौलो प्रयोग भएको संगीतकार हरि लम्साल बताउँछन् ।

गीतको भिडियोमा नायिका प्रिज्मा खतिवडा र सागर खनालको अभिनय रहेको छ जसलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘बोल्न मन लाग्छ तर’को भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ । लक्ष्मी र जीवन निर्देशन गरेका हुन् ।

‘निश्वास’ एल्बमभित्र समाबेश तेस्रो गीत ‘तिमी पनि पराई बने’ जसमा प्रमोद खरेलको आवाजमा रहेको छ । उक्त गीतको पनि भिडियो तयार भइसकेको र अबको केही सातामा सार्वजनिक गरिने गीतकार बस्नेतले जानकारी दिए।

Logo